आवेदनदेखि कामको सुरुवातसम्मका चरणहरू

7-Eleven को पार्ट टाइम कामको सम्पूर्ण प्रक्रिया साथै
कामको शुरुवात सम्मको विवरण यहाँ प्रस्तुत छ ।

01 वेब वा फोन मार्फत आवेदन

इच्छा लागेको पसलको 「तुरुन्तै आबेदन गरौँ」 भन्ने बटम क्लिक गरेर,आबेदन पानामा आवश्यक विवरण भरेर पठाउनुहोस।अथवा 「०५७० 」 बाट शुरु हुने आबेदन लिने सेन्टरमा फोन गरेर 「होम-पेज हेरें। पार्ट टाइम काम गर्न चाहन्छु」 भनेर बताउनुहोस।पछि पसल बाट इमेल अथवा फोनबाट अन्तरबार्ताको दिन समय तोकिन्छ।(फोनको लागि केहि समय पर्खनुपर्ने अवस्था पनि हुनसक्छ ।)
step1

02 बायोडाटाको तयारी

बायोडाटाको पपेर एक प्रति तयारी गर्नुहोस । फारम भरे पछि फोटो टाँस्नु होला।
step2

03 अन्तरबार्ताको कार्यान्वयन

आवश्यक समान र बायोडाटा तयारी गरेपछि ,सफा-चट भई ढिलो नहुनेगरी अन्तरबार्ताको लागि जानुहोस। काम गर्ने चाहने समय या दिन आदिको बारेमा कुरा राखी प्रति घण्टाको रकम र कामको अवधि जस्ताकुराहरु राम्रोसंग जाँच गर्नुहोस्। सोध्न मन लागेको कुरा अप्ठ्यारो नमानी भन्नुहोस्।
step3

04 काम दिने निर्णय

कन्ट्राक्ट पेपरहरु अनि अरु आवश्यक सामग्री हामी दिन्छौं त्यसैले आवश्यक कुरा भरेर पेश गर्नुहोला ।औपचारिक रुपमा छानिएमा जिम्मेवारी र दायित्व प्रदान गरिन्छ । प्रत्येक नियम पालन गरि सबैसंग मिलिजुली काम गर्ने स्थान बनाएर अगाडी बढौं ।
step4

05 कामको शुरुवात

सफा-चट भई तयारीका साथ पहिलो दिन शुरु हुन्छ । शुरुमा मन ठुकठुक होला तर चिन्ता लिनुपर्ने कुरा छैन ।शुरुमा पसलको व्यवस्थापन नीति अनि काम गर्दा अपनाउनु पर्ने नियमहरुको जानकारी गरिन्छ । काम गर्ने बेला अनुसार कामको विवरण पनि अलग हुने भएकाले बिस्तारै बिस्तारै बुझिने गरि जानकारी गराउछौं ।
step5

06 लौ है , गुड लक/मेहनेत गरौँ

प्रशिक्षण अवधि मार्फत एक जनाले काम गर्न सक्ने हुनुपर्छ । आफ्नो सिनियरहरुले पनि काम सिकाईदिने हुनाले चिन्ता नगरे हुन्छ । शुरुमा 「गति 」भन्दा 「शुद्धता」र 「सभ्यता」। ग्राहकलाई खुसी बनाउन सँगै मेहनत गरौं ।
step6
नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!