सरसफाइ

ग्राहकले सफा वातावरणमा आनन्दसँग किनमेल गर्न सक्ने गरी, पसल भित्र जुनसुकै बेला पनि आनन्द महसुस हुने अवस्था कायम राख्ने।

ग्राहकले मन पराउने पसल बन्नको लागि 7-Eleven मा चार आघारभूत सिद्धान्तहरू निर्धारण गरिएको छ। ती मध्येको एक “सरसफाइ (क्लिनलिनेस)” हो। ग्राहकले जुनसुकै बेला पनि सफा वातावरणमा आनन्दसँग किनमेल गर्न सक्ने गरी, पसल भित्र र बाहिर नियमित रूपमा सरसफाइ गरिन्छ।

मुख्य कामको विवरण

  • पसल भित्रको सरसफाइ (काउन्टर, र्‍याक, भुइँ, शौचालय आदि)
  • पसल बाहिरको सरसफाइ (फोहोर हाल्ने भाँडो, झ्यालको सिसा, पार्किङ्ग आदि)

घरमा गर्ने सरसफाइ जस्तै हो।गाह्रो छैन। ढुक्क हुनुहोस्।

तालिका अनुसार सबैजना मिलेर पालैपालो सरसफाइ गरिन्छ। सफा पसल ग्राहक र स्टाफ दुबैलाई अानन्दमय हुन्छ। ग्राहकको नजरबाट हेरी, सफा वातावरणमा आनन्दसँग किनमेल गर्न सकिने पसल बनाउनुहोस्।

01 पसल भित्रको सरसफाइ

काउन्टर वरिपरि, सामान राख्ने र्‍याक (शोकेस), भुइँ, शौचालय आदिको सरसफाइ गर्नुपर्छ। यस बाहेक फ्राइअर (फ्राइ गर्ने उपकरण), ओदेन बनाउने भाँडो, सेभेन क्याफे आदिको सरसफाइ पनि हुन्छ। विभिन्न ठाउँको सरसफाइ गर्नुपर्छ, तर कुनै ठाउँ पनि नछुट्ने गरी, समय अनुसार सरसफाइ गर्ने व्यक्ति तोकी, अन्य सहकर्मीहरूसँग मिलेर पालैपालो सफाइ कार्य गरिन्छ।

पोइन्ट मेसिनको सरसफाइ पनि गर्नुपर्छ तर यो सरसफाइको लागि म्यानुअलको व्यवस्था भएको हुनाले, ढुक्क हुनुहोस्।

सामान्यतया रातीको समयमा ग्राहक कम हुने हुनाले, सेभेन क्याफे, फ्राइअर, च्यूखामान आदि बनाउने उपकरणहरू राती सफा गरिन्छ। सरसफाइ गर्ने तरिका लेखिएको म्यानुअलको व्यवस्था भएको हुनाले, मेसिन सम्बन्धी कुराहरू त्यति थाहा नभएको व्यक्तिलाई पनि समस्या हुँदैन। ढुक्क हुनुहोस्।

02 पसल बाहिरको सरसफाइ

पसल वरिपरि रेसिप्ट वा प्लास्टिकको झोला, चुरोटको ठुटो आदि छरिएको अवस्था नहुने गरी नियमित रूपमा पसल बाहिरको सरसफाइ गरिन्छ। पसल बाहिरको सरसफाइ गर्दा, पार्किङ्गमा कूचो लगाउने र पानी छर्किने, फोहोर हाल्ने भाँडो सफा गर्ने, झ्याल पुछ्ने आदि तालिका अनुसार गरिन्छ।

पोइन्ट सधैं ग्राहक पसलमा आइरहने हुनाले योजना र व्यवस्थापन महत्त्वपूर्ण हुन्छ

चौबिसै घण्टा खुला रहने पसल भएकोले, पसल खुलै रहेको अवस्थामा सरसफाइ कार्य गरिन्छ। सधैं ग्राहक पसलमा आइरहेको अवस्थामा पनि सकेसम्म ग्राहकलाई असुविधा नहुने गरी, कुन समयमा कुन ठाउँको सरसफाइ गर्ने, योजना बनाएर सफाइ कार्य गरिन्छ।

नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!