रजिष्टर

ग्राहकलाई हँसिलो मुहारले रजिष्टर सेवा दिनु नै 7-Eleven को पार्ट टाइमको आधार।सुरुमा फुर्तिलो स्वरले “इरास्स्याइमासे” भनेर अभिवादन।

सामानको हिसाबदेखि ताक्यूबिन (डेलिभरी सर्भिस), युटिलिटी शुल्क सङ्कलन र इन्टरनेट सपिङको भुक्तानीसम्म सबै कम्बिनी रजिष्टर स्टाफको कामहरू। सुरुमा अलमल्ल पर्न पनि सकिन्छ तर ढुक्क हुनुहोस्। अनुभवी सहकर्मीहरूले तपाईंलाई राम्रोसँग सिकाउनुहुन्छ। साथै सजिलै बुझ्न सकिने गरी तयार पारिएको म्यानूअलको पनि व्यवस्था भएको हुनाले छिटै याद गर्न सकिन्छ। उज्यालो मुहार र फुर्तिलो स्वरले अभिवादन गर्ने कुराबाट सुरु गरौं।

  • レジ1
  • レジ2
  • レジ3

मुख्य कामको विवरण

  • रजिष्टरमा ग्राहक सेवा दिने, हिसाब गर्ने, सामान झोलामा हाल्ने
  • रजिष्टर छेउमा भएको सामान (फास्टफुड आदि) बिक्री गर्ने
  • ताक्यूबिन (डेलिभरी सर्भीस) र युटिलिटी शुल्क सङ्कलन जस्ता विभिन्न सेवाहरू दिने

पहिलो पटक कम्बिनीमा पार्ट टाइम गर्ने व्यक्तिले हेर्नैपर्ने कुराहरू!रजिष्टर कामको आधारभूत कुराहरूको व्याख्या।

रजिष्टरमा काम गर्ने स्टाफको मुख्य कामहरू भनेको “रजिष्टरमा ग्राहक सेवा दिने, हिसाब गर्ने, सामान झोलामा हाल्ने”, “रजिष्टर छेउमा भएको सामान (फास्टफुड आदि) बिक्री गर्ने” र “ताक्यूबिन (डेलिभरी सर्भीस) र युटिलिटी शुल्क सङ्कलन गर्ने जस्ता विभिन्न सेवाहरू दिने ” हो। रजिष्टरको काम बुझ्न अलि गाह्रो हुने किसिमको छ तर नआत्तिकन एउटा-एउटा गरी याद गर्दै जाऔं।

01 रजिष्टरमा ग्राहक सेवा दिने, हिसाब गर्ने, सामान झोलामा हाल्ने

रजिष्टरको काम गर्दा, सर्वप्रथम ग्राहकले खरिद गर्न चाहेको सामानको बारकोड स्क्यान गरी हिसाब गरिन्छ। हिसाब गर्दागर्दै सामान झोलामा हाल्ने र बेन्तो तताउने काम गर्नु पर्छ। रजिष्टरको स्क्रिनमा प्रदर्शित हुने निर्देशन अनुसार हिसाब प्रक्रिया गर्दै जाने हुनाले, कम्प्युटर आदि चलाउन अप्ट्यारो लाग्ने व्यक्तिलाई पनि यो काम गाह्रो हुँदैन।

पोइन्ट नयाँ मोडेलको POS रजिष्टरमा कार्यभार कम हुन्छ!

हामी 7-Eleven मा नयाँ मोडेलको POS रजिष्टर राख्ने कार्यलाई अगाडि बढाइरहेका छौं। स्टाफहरूलाई हुने सबैभन्दा ठूलो फाइदा भनेको, रजिष्टर सञ्चालन कार्य सहज हुनु हो। म्यानुअल नहेरेपनि चलाउन सकिने गरी स्क्रिन सेटिङ गरिएको हुनाले वृद्ध नागरिक तथा विदेशी नागरिक पनि ढुक्क हुन सक्नुहुनेछ।

02 रजिष्टर छेउको सामान (निकुमान, फ्राइ गरिएका खानेकुराहरू, ओदेन आदि) बिक्री गर्ने

निकुमान, फ्राइ गरिएका खानेकुराहरू जस्ता ग्राहकहरूले रुचाउनुभएको 7-Eleven को फास्टफुड बिक्री पनि रजिष्टरमा काम गर्ने स्टाफको काम हो। ग्राहकको अर्डर लिई, हिसाब गरेपछि सामान झिकेर ग्राहकलाई दिनुहोस्।

पोइन्ट फ्राइअर (फ्राइ गर्ने उपकरण) मा अटोम्याटिक टाइमर भएको हुनाले सजिलो छ। गल्ती हुँदैन!

फ्राइ गर्ने जस्ता पसल भित्रको खानेकुरा बनाउने काम पनि जिम्मा दिइन्छ। तर गर्ने कामचाहिँ सजिलै छ। फ्रोजन फ्राइ गर्ने सामाग्रीलाई फ्राइअर (फ्राइ गर्ने उपकरण) मा हालेर टाइमर सेट गर्ने मात्र हो। समय भएपछि फ्राइ गर्ने सामाग्री हालेको भाँडो आफै माथि आउँछ र तेल तर्किन्छ। त्यसपछि स्वोकेशमा राख्ने मात्र हो।

03 ताक्यूबिन (डेलिभरी सर्भीस) र युटिलिटी शुल्क सङ्कलन जस्ता विभिन्न सेवाहरू दिने

7-Eleven मा ताक्युबिन (डेलिभरी सर्भिस) मा सामान पठाउने वा प्राप्त गर्ने अर्डर लिने, युटिलिटी शुल्क सङ्कलन, इन्टरनेट सपिङको भुक्तानी लिने वा सामान हस्तान्तरण गर्ने, टिकट बिक्री गर्ने जस्ता विभिन्न सेवाहरू प्रदान गरिन्छ। स्क्रिनमा प्रदर्शित निर्देशन अनुसार गरेमा गाह्रो हुँदैन। ढुक्क हुनुहोस्।

पोइन्ट विभिन्न प्रकारका भुक्तानी विधिहरू छन् तर रजिष्टर सञ्चालन चाहिँ सजिलो छ!

7-Eleven मा इलेक्ट्रोनिक मनी “nanaco” लगायतका क्रेडिट कार्ड, यातायात सम्बन्धित मनी जस्ता अरू पनि विभिन्न भुक्तानी विधिद्वारा भुक्तानी लिइन्छ। तर सामान्यतया रजिष्टर सञ्चालन भने सजिलो हुनाले चिन्ता नगर्नुहोस्। तुरुन्तै बानी पर्छ।

नजिकको स्टाफ चाहिएको 7-Eleven खोज्ने!